गुरु-ऊर्जा ध्यान

September 11, 2021by Purna Manokranti9
Guru-urja-1-1280x668.png

– कोठा सरसफाई र व्यवस्थापन 

 १ – सुत्ने कोठालाई सफा र व्यवस्थित राख्नुहोस् ।

२ – कोठामा सामान असरल्ल नपार्नुस ,मिलाएर राख्नुहोस् ।

३ – माकुरोको जालो ,फुटेको भाडा ,फोहर केही नराख्नुहोस् ।

४ – कोठामा नून,कागती र खुर्सानीको धुलो पानीमा मिसाएर भित्तामा छर्कनुहोस् र भुइँमा पुछा लगाउनुहोस् ।   

५  – कोठामा थोरैभन्दा थोरैमात्र सामान राख्नुहोस् ।

६ – सुत्ने कोठामा टी.भी.,मोबाइल, ट्याब ,रेफ्रिजेरेटर जस्ता इलेक्ट्रिकल सामान नराख्ने । 

७ – एकजोर नयाँ कपडा ,नभए पुराना लुगा धोएर प्रयोग गर्ने । 

८ – बिस्तारामा दिउँसो सबैतिर नुन छर्नुहोस् र रातिमा सफा गर्नुहोस् ।

९ – कोठा मन्दिरजस्तै सुन्दर र शान्त राख्नुहोस् ।

१0 –  कोठामा प्राकृतिक धूप,सुगन्ध आदि प्रयोग गर्नुहोस् ।

– गुरु-ऊर्जा तयारी 

१ – बिहान ५ बजेसम्ममा उठिसक्ने र १/२ गिलास मनतातो पानी पिउने।

२ – चिसो पानीले नुहाउने

३ – स्वच्छ र सुकिलाे कपडा लगाएर पद्मासन वा सिद्धासनमा ढाड सीधा गरेर बस्ने । 

४ – सम्भव भएसम्म गुरु-ऊर्जामा बस्दाकाे लुगा वा खास्टो (पछ्याैरी) अन्य प्रयोजनकाे लागि प्रयाेग नगर्ने । सम्भव भएसम्म चकटी वा आसन पनि सधैं एउटै प्रयाेग गर्ने । 

५ -शुरुमा ५ देखि  २० मिनेटजति ओमकार जप्ने  जसले गुरु-ऊर्जाकाे पूर्वाधारका रूपमा काम गर्दछ ।

६ – गुरु-ऊर्जामा  बस्दा भाँडोभरि पानी साथमा राखी तामाको तारको एउटा टुप्पो  पानीको भाँडामा र अर्को टुप्पो हातले छोपेर बस्नुहोस् (हातैले पानीको भाँडो नै छोपेर बस्दा ऊर्जा शरीरमा प्रवेश गर्नेबेला शरीरमा  कम्पन हुँदा घोप्टिन सक्छ) । 

– गुरु-ऊर्जा ग्रहण 

१ – गुरु-ऊर्जाको जूममा जोडिंदा गुरुदेवको भाव-समाधिको फोटोलाई आँखा नझिम्क्याई एकटकले हेरिरहने र पीराे जस्ताे भएर आँसु आउन खाेजेपछि आँखा बन्द गर्ने । कल्पनामा गुरुदेवकाे भाव-समाधिको चित्र झललल देखिनुपर्ने हुन्छ।

 २ – भक्ति भाव पूर्वक प्रार्थना गर्ने कि “हे गुरुदेव म हजुरकाे ऊर्जासँग जाेडिन चाहन्छु यस भक्त माथी कृपा गर्नुहोस्,  please please please।”

३. भाव मनमा यस्ताे लिने कि ध्यानमा बस्नु भएकाे गुरुदेवकाे तेश्राे नेत्रबाट गुरुऊर्जा प्रक्षेपण भइरहेकाे छ र त्यस ऊर्जाले आफ्नाे तन-मन दुबैलाई पुलकित गरिरहेकाे छ, आलाेकित गरिरहेकाे छ।

४. यही भावमा चुपचाप ध्यानमा लीन हुने, ध्यानमा डुब्दै जाने र कम्पन, तातोपन, चित्रहरू, आनन्द आदिको अनुभव हुनासाथ गुरु-ऊर्जासँग एकाकार भएको बुझ्ने ।

५. गुरुऊर्जा कनेक्शन हुनासाथ आफ्नाे तेश्राे नेत्रमा ध्यान लगेर १७-१८ सेकेण्ड जति ध्यान एकाग्र गर्ने ।

६. त्यसपछि भित्री मनदेखि संकल्प गर्ने कि आफ्नाे कुनै त्यस्ताे काम जुन धेरै पहिलेदेखि आफ्नाे ऊर्जाकाे कमीकाे कारण पूर्णता पाइरहेकाे थिएन जस्तैः-  – डरको कारण २ जना मान्छेको अघि उभिन/बोल्न नसक्नु । 

– आफूलाई मन नपरेको कुरामा नाइँ भन्न नसक्नु ।

– रोकिएका कामहरू नबन्नु ।

– विद्यार्थीहरू भए पढाइमा प्रगति गर्न नसक्नु ।

– परिवारमा सधैं झैझगडा भइ रहनु साथै सुमधुर सम्बन्ध कायम गर्न नसक्नु ।

– व्यापार व्यवसायमा भनेजस्तो सफलता प्राप्त गर्न नसक्नु । आदि

अहिले गुरुऊर्जा प्राप्त भएर निकै शक्तिशाली भएकाेले अब कुनै पनि हालतमा उक्त काम सम्पन्न गरेरै छाेड्छु भन्ने यस संकल्पलाई ९ देखि १०८ पटकसम्म दाेहाेर्याउने । 

७ – त्यसपछि उक्त काम सम्पन्न भई नै सकेको कल्पना गर्ने । 

८ – गुरुऊर्जाबाट बाहिर आइसकेपछि  उक्त कामकाे सम्बन्धमा के गर्ने, कसरी गर्ने भनेर आफ्नाे अन्तर्ज्ञानबाट निस्किने आवाजलाई पछ्याउँदै कर्म गर्नतिर लागिहाल्ने ।

९ –  यस गुरुऊर्जा ग्रहणकाे ध्यान विधिलाई कमसेकम ३ महीनासम्म कुनै पनि हालतमा नटुटाई दैनिक अवश्य गर्छु भनेर दृढ संकल्पित हुने।

१० –  ध्यानकाे स्तर बढ्दै गएपछि ध्यानमा बस्न सक्ने अवधि अटाेमेटिक बढ्दै जान्छ र देहमा कम्पन, उष्णताकाे अनुभूति, विभिन्न किसिमका दर्शन महसुस, परम् शान्तिकाे अनुभूति, शरीर पहिलाभन्दा शक्तिशाली भएकाे  जस्ता आदि-इत्यादी उद्-वेगहरू आउन सक्छन्। यस्ता जे सुकै भए पनि पूर्ण स्वीकार भावले गुरु-प्रसादकाे रुपमा ग्रहण गर्ने। कतिलाई डर जस्ताे पनि फिलिङ्ग आउनसक्छ। यसलाई विगतकाे आफ्नाे गलत ढंगले बाँचेकाे जीवनकाे परिणामकाे रुपमा बुझी “भित्र ईश्वर अनि बाहिर गुरुदेव हुनुहन्छ मेरो साथमा” भन्ने भावका साथ ‘ईश्वर प्रणिधानानी’ अर्थात् जे सुकै भएपनि त्यस परम् ज्ञानी, ध्यानी,सर्वज्ञ गुरु तत्वमा म आफूलाई पूर्ण समर्पित गर्दछु भन्ने भावना गर्ने ।

११ – ध्यानबाट बाहिर आउनु अघि माता-पिता, साथी-भाई, गुरु जन सबैलाई धन्यवाद दिने । र, आफूसँग के के कुराहरू छन् त्यसलाई गन्दै धन्यवाद दिंदै जाने । 

१२ – यस ध्यानमा भएका सबै अनुभवलाई डायरीमा लेख्दै जाने । त्यस्तै हर रात आउने सपनालाई पनि क्रमसः लेख्दै जाने जब सपना सकारात्मक हुँदै जान्छ जीवन पनि राम्रो हुँदै जान्छ ।

Purna Manokranti


9 comments

  • Bishnu Devkota

    September 11, 2021 at 8:05 am

    Thank you

    Reply

  • bishnu Lamichhane

    September 11, 2021 at 10:51 am

    जीवन बदल्ने प्रभावकरि सुत्रहरु।

    Reply

  • Yashodhara

    September 11, 2021 at 11:30 am

    Looked

    Reply

  • अनिल धरेल

    September 11, 2021 at 1:04 pm

    धेरै धन्यवाद तथा हार्दिक अनुग्रह🙏

    Reply

  • Indira dhakal

    September 11, 2021 at 1:23 pm

    Aha

    Reply

  • Sunita Neupane

    September 11, 2021 at 1:46 pm

    Thank you so much.
    Could you please write about “yog nindra” as well..
    धेरै पल्ट सोधेको छु अब पक्का आउछ होला।

    Reply

  • Manju

    September 11, 2021 at 3:40 pm

    Thank you hajur harulae

    Reply

  • पिताम्बर आचार्य

    September 11, 2021 at 5:03 pm

    एकदमै उपयोगी गुरु मन्त्र नै हो यो पनि एक प्रकरको
    अब म यो भनाई लाई दिनको एकपटक पढ्ने गर्छु । जब सम्म मेरो दिमागमा रहदैन

    Reply

Leave a Reply to Bishnu Devkota Cancel Reply

Your email address will not be published. Required fields are marked *