रेकी के हो?
आफ्नो र अरूको रोग उपचारको लागि रेकी एक ऊर्जा–चिकित्सा पद्धति हो ।

रेकी (Reiki)

आफ्नो र अरूको रोग उपचारको लागि रेकी एक ऊर्जा–चिकित्सा पद्धति हो । अर्को शब्दमा– ब्रह्माण्डव्यापी शक्तिलाई परिचालन गरी आफ्नो र अरूको शारीरिक/मानसिक/ भावनात्मक समस्या निराकरण गर्ने एनर्जी मेडिसिनको नाम हो रेकी, जुन सिक्न अत्यन्त सजिलो छ ।

रेकी साधना गर्दै जाँदा मानसिक तनाव कम हुन थाल्छ । त्यस्तै शारीरिक दुखाइ कम भई अत्यन्त आनन्दको अनुभूति हुन्छ । र, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्न थाल्छ ।

यसको अर्को विशेषता भनेको यो कुनै पनि उपचार पद्धतिसँग सँगै पनि लैजान सकिन्छ । यस विधिको मूल स्रोत व्यक्ति गौतम बुद्ध नै भएता पनि आधुनिक कालमा जापानका डाक्टर मिकाउ उसुइले यसलाई पुनर्जीवित गरेको देखिन्छ ।

आज यो विधि सम्पूर्ण विश्वमा लोक प्रिय भएको छ । यहाँसम्म कि अमेरीकाको ८०० जति अस्पतालमा रेकी शिक्षा सामेल गरेको पाइन्छ । नेपालमा यो विधि भित्र्याउने श्रय डा. योगी विकाशानन्दलाई जान्छ ।

दिनभरीको दीक्षा र शिक्षा पछि एक्काइस दिन दैनिक दुई घण्टा रेकी–ध्यान गरे पछि रेकी हीलर तयार हुन्छ । र, त्यसपछि आफ्नो र अरूको उपचार गर्न मिल्छ । रेकी प्रथम डिग्रीपछि द्वितीय डिग्रीको दीक्षा–शिक्षा लिन सकिन्छ, जसमा संसारको कुनै पनि ठाउँमा बसेका विरामी वा आफन्तलाई पनि ऊर्जा पठाई उपचार गर्ने चमत्कारीक विधि सिकिन्छ ।
रेकी द्वितीय डिग्रीको अभ्यासपछि तृतीय डिग्री अर्थात् माष्टर डिग्री लिएर आफैं रेकी मास्टर भई अरूलाई दीक्षा समेत दिन सकिन्छ ।



Head Office

Ranibari Marg,
Kathmandu 44611


Phone

+ 01-4362617


Email

info@manokranticentre.org