हठ योग
योगासन (व्यायाम) लाई भारतीयहरूले आफ्नो भनेर दाबी गरिरहेका छन् ।

हठ योग

हठ योग

योगासन (व्यायाम) लाई भारतीयहरूले आफ्नो भनेर दाबी गरिरहेका छन् । तर योगसँग सम्बन्धित शास्त्रहरूको अध्ययन गर्दा यो दाबी मेल खाँदैन । पतञ्जलीको योग सूत्रमा योगासनको कतै पनि व्याख्या छैन । केबल पद्मासन, सिद्धासन वा सुखासनजस्ता ध्यानासनबारे चर्चा गरिएको छ । अहिले प्रचलनमा रहेका योगासनहरूको कतै उल्लेख छैन । योग सूत्रमा उल्लेख गरिएको श्वास क्रियाको सन्दर्भ पनि योगासन होइन, प्राणायाम हो ।
अहिले प्रचलनमा रहेको योगासनलाई शास्त्रमा खोज्दै जाँदा धेरै पुरानो पाइँदैन । योगासनहरूको उल्लेख गरिएका हठयोग प्रदीपिका, घेरण्डसंहिता, शिवसंहिताजस्ता पुस्तक दुई÷तीन सय वर्ष अगाडि मात्र लेखिएका हुन् । भारतको महाबली पुरममा भेटिएको सबैभन्दा पुरानो मानिएको योगासनको मूर्ति पनि १५÷१६ सय वर्ष मात्रै पुरानो हो । तर, इजिप्टमा त्यस्ता चित्र चार हजार वर्षभन्दा पनि पुराना छन्, यसलाई स्माई तवी भनिन्छ । अतः ध्यान, प्राणायामजस्ता विषय भारत वर्षमा विकास भएको देखिएता पनि योगासान भने अफ्रिकाबाट भारत भित्रिएको देखिन्छ ।

हठ योग (SMART)

यद्यपि मूलरूपमा योग–व्यायाम एउटै भए पनि विभिन्न योगाचार्यहरूले थरी थरीका स्टाइल विकास गरेका छन् । जस्तै विन्यास, आयंगार, हटयोग ९ज्यत थ्यनब० आदि । यसै क्रममा विकसित हठयोगको अर्को स्टाइल हो क्ःब्च्त् थ्यनब ।

S= Systematic/Stretching

यस योग प्रणालीको हठयोगमा ६ वटा मूल आसन सिके÷बुझेपछि सयौं वटा आसन सिक्न÷बुझ्न सकिन्छ । किनभने यसमा वैज्ञानिक सूत्र छ–ए.दु.ब.मो.प.अ. । स्मरण रहोस् डा. योगी विकाशानन्दले सन् १९९५ मा अमेरिका बस्दा यो सिस्टमको विकास गर्नु भएको हो । यस योग प्रणालीमा आसन गर्दा खुट्टाका औंलादेखि सम्पूर्ण अंग–प्रत्यङ्गलाई तन्काएर राखिन्छ । र, आसनको लगत्तै प्रत्येक अङ्गलाई शिथिल पारिन्छ, परिणाम स्वरूप शारीरिक मात्र हैन मानसिक तनावसमेत हट्छ ।

M= Mindful/Meditative

यस योग प्रणालीमा ध्यानपूर्वक योगाभ्यास गरिने भएकोले यसबाट व्यायामको साथै ध्यानको लाभ पनि लिन सकिन्छ ।

A= Amusing/Attractive

यस प्रणालीमा हरेक आसनपछि हास्य अभ्याससमेत जोडिएकोले यो मनोरञ्जनात्मक पनि हुन्छ । र, हरेक आसनमा १–३ मिनेट शरीर पूर्ण रूपमा तन्किने हुँदा शरीर अत्यन्त लचिलो भई आकर्षकसमेत देखिने हुन्छ ।

R = Respirative

यस प्रणालीमा स्वासलाई विशेष महत्व दिई योगाभ्यास गराइन्छ, र त योगाभ्यासको साथै प्राणायामको केही लाभसमेत यसबाट सहजै पाइन्छ ।

T = Transformative

भन्न परोइन– आसनमैं ध्यान एवं प्राणायामसमेत जोडिएर गरिने भएकोले यसको अभ्यासबाट शारीरिक एवं मानसिक रूपमा छिट्टै परिणाम देखिन आउँछ । साथै यसमा छुट्टै प्राणायाम, क्रिया, बन्ध, मुद्रा एवं
योग निद्रासमेत समावेश भएकोले यो आत्म रूपान्तरणको साधनसमेत बन्न सक्छ ।





Head Office

Ranibari Marg,
Kathmandu 44611


Phone

+ 01-4362617


Email

info@manokranticentre.org