स्वस्थ सन्तान जन्माउन के गर्नुपर्छ ? भाग – १

April 8, 2019by Manokranti2
PicsArt_07-06-10.36.42-1280x1920.png

बच्चा कस्तो हुन्छ भन्ने कुरा सम्भोगमा बाबुआमाको कस्तो मुड वा मनस्थिति छ भन्ने कुरामा धेरै निर्भर हुन्छ । हामी गर्भावस्था, बच्चाको जन्म र बच्चाको बाल्यकालको विषयमा चनाखो हुन्छौँ । तर, गर्भाधानको विषयमा खासै चर्चा गर्दैनौँ । सक्षम, सबल र क्षमतावान्  सन्तान जन्माउने हो भने गर्भाधानकै समयबाट ख्याल गर्नुपर्छ ।

दृष्टिविहीन धृतराष्ट्र र रोगी पाण्डु जन्मिनाले महाभारत युद्धको आधार तयार भयो । यदि उनीहरू शारीरिक रूपमा सबल जन्मिएका भए सायद महाभारतको युद्ध नहुन पनि सक्थ्यो । दुई जना कमजोर मानिस जन्मिनाले करोडौँ मानिसको मृत्य हुने युद्ध भयो । यसबाट हामीले के बुझ्नुपर्छ भने शारीरिक वा मानसिक रूपमा कमजोर जन्मिएको बालक कुनै पनि ‘पावर प्वाइन्ट’मा पुग्यो भने त्यसले धर्तीमा गम्भीर असर पु¥याउन सक्छ । तसर्थ धर्तीलाई समृद्ध र शान्त बनाउनु छ भने स्वस्थ्य बच्चा जन्माउनैपर्छ ।
धृतराष्ट्र र पाण्डु किन त्यस्तो जन्मिए भन्ने विषय पनि महाभारत कथाले उद्घाटित गरेको छ । महाभारतको कथाअनुसार राजा विचित्रवीर्य निःसन्तान मरेपछि राज्यमा उत्तराधिकारीको संकट पर्छ । तत्पश्चात् विचित्रवीर्यकी आमा रानी सत्यवतीले विवाहपूर्व नै सूर्यमार्फत आफूले जन्माएको छोरा व्यासलाई विचित्रवीर्यका रानीहरू अम्बिका र अम्बिालिकालाई गर्भधान गर्न आग्रह गर्छिन् । वेदव्यासले मातृ आज्ञा स्विकार्छन् र विचित्रवीर्यकी रानीहरू अम्बिका र अम्बालिकालाई ऋतुदान गर्न तयार हुन्छन् ।
वेदव्यासलाई नियोगका लागि  दरबारमा बोलाइन्छ । अम्बिका वेदव्यासलाई देखेर डराइन् । उनको डर स्वाभाविक पनि थियो । कहाँ दरबारकी रानी, कहाँ दाह्री पालेको डरलाग्दो साधु ! डरले आत्तिएर अम्बालिकाले व्यासलाई हेर्न समेत सकिनन् । वेदव्याससँगको उनको सम्भोग कष्टपूर्ण रह्यो । सम्भोग अवस्थामा भयका कारण आँखा चिम्लिएकाले धृतराष्ट्र दृष्टिविहीन जन्मिए । अम्बालिका पनि व्याससँग डराइन् । उनी डरले थरथर भइन् । जसका कारण पाण्डु जन्मजात नै रोगी भए । दुई सन्तान कमजोर भएपछि रानी सत्यवतीले फेरि व्यासलाई बोलाइन् । यसपटक अम्बिका वेदव्याससामु गइनन् । बरु आफ्नी दासीलाई सिँगारेर पठाइन् । दासीले वेदव्याससँगको सम्भोगलाई आयोजन वा अवसरका रूपमा ग्रहण गरिन् । जसका कारण विदुरजस्ता महानतम ज्ञानी सन्तान जन्मिए ।
यो कथा हामीले कैयाँै पटक सुनेका छौँ । तर, यसको विषयमा हामीले गहिरोसँग सोच्ने गरेका छैनौँ । सम्भोगका समयमा विभिन्न रसायन क्रियाशील हुन्छन् । वीर्य आफैँ पनि विभिन्न रसायनहरूको जोड हो । अम्बिका र अम्बालिकामा डरका कारण सम्भोग समयमा सक्रिय हुनुपर्ने आनन्द, सन्तुष्टि र खुशीका रसायन ‘रिलिज’ भएनन् । बरु त्रास, भय र कष्टसँग सम्बन्धित रसायनहरू सक्रिय भए । जसको असर बच्चामा प¥यो । तसर्थ बच्चा कस्तो हुन्छ भन्ने निर्धारण सम्भोगमा बाबुआमाको कस्तो मुड छ भन्ने कुरामा धेरै निर्भर हुन्छ । हामी गर्भावस्था, बच्चाको जन्म र बच्चाको बाल्यकालको विषयमा चनाखो हुन्छौँ । तर, गर्भाधानको विषयमा खासै चर्चा गर्दैनौँ । यदि सक्षम, सबल र क्षमतावान्  सन्तान निर्माण गर्ने हो भने गर्भाधानकै समयबाट ख्याल पुर्‍याउनुपर्छ ।
हामी यस संसारमा आउनुभन्दा अगाडि आमाको गर्भमा थियौँ । आमाको गर्भमा आउनुभन्दा अगाडि बाबुको शुक्रकीटमा थियौँ । शुक्रकीटका रूपमा आउनुभन्दा अगाडि हामी ‘भाइब्रेसन’का रूपमा ‘साइबर स्पेस’मा थियौँ । किनकि, चौध वर्षभन्दा अगाडि कुनै पनि पुरुषको शुक्रकीट बन्दैन । शुक्रकीट ‘युनी सेल’ हो । नारीको डिम्बमा मिलेपछि युनी सेल बहु सेल बन्छ र बच्चा निर्माणको प्रक्रिया सुरु हुन्छ ।
हामीलाई हाम्रा आमाबुबाले साइबर स्पेसबाट ‘डाउनलोड’ गरेका हुन् । यसरी हेर्दा सेक्स भनेको डाउनलोडिङ प्रक्रिया हो । यही डाउनलोडका कारण हामीहरू संसारको ‘स्क्रिन’मा आउँछौँ । एक दिन हामी मर्छौं । हाम्रो शरीर नष्ट हुन्छ । तर, ‘कन्ससनेस’ (चेतना) फेरि साइबर स्पेसमा ‘अपलोड’ हुन्छ । संसारमा आएपछि कसैको चेतना परिमार्जित वा व्यापक हुन सक्छ त कसैको पतन वा निकृष्ट हुन सक्छ । पतन वा परिमार्जन जे भएको छ, सोहीअनुरूप नै कन्ससनेस साइबरमा अपलोड हुन्छ । त्यो अपलोड भएको कन्ससनेसलाई फेरि अर्काे महिला–पुरुष जोडीले सम्भोगमार्फत डाउनलोड गर्छ र फेरि नयाँ सृष्टिको सुरुवात हुन्छ । यो प्रक्रियालाई हामीले राम्रो गरी बुझ्न आवश्यक छ । साइबरमा असंख्य कन्ससनेसहरू छन् । कुनै समृद्ध छन् त कुनै निकृष्ट छन् । सम्भोगको अवस्थामा आमाबाबुको मुड जस्तो बन्छ, त्यस्तै चेतना (आत्मा) गर्भमा आएर बस्छ । यदि आमाबाबुको खुशीको मुड छ भने खुशीको चेतना डाउनलोड हुन्छ, यदि डराएको मुड छ भने डराएर बसिरहेको चेतना डाउनलोड हुन्छ । हामीले यो प्रक्रियालाई बुझ्न नसक्दा हामीहरू धृतराष्ट्रजस्ता मूर्ख र पाण्डुजस्ता कमजोर सन्तान जन्माउन अभिशप्त छौँ । यदि समृद्ध मानव सभ्यता निर्माण गर्ने हो भने परिवार र स्कुल सुधारेर मात्र पुग्दैन ।

Manokranti


2 comments

  • Raj

    April 8, 2019 at 2:07 pm

    Nice good point

    Reply

  • दासन्तीदेवी

    April 9, 2019 at 11:46 am

    पुर्व सांसद गायत्री शाहले शारीरिक विकास कम भएको ‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिएको भन्दै डाक्टरलाई दोष देखाउँदै लिन नमानेर आफ्नो बच्चा मेडिसिटी अस्पतालमै छाडेर हिंडिन्। उनकाे कस्ताे समस्या भएर यस्ताे भएकाे हाेला ?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *