ज्ञान योग

आदि ज्ञानी महर्षि कपिलद्वारा ज्ञानयोग प्रतिपादन भएको मानिन्छ । यसै योगको अर्को नाम हो सांख्य योग ।

ज्ञान योग

आदि ज्ञानी महर्षि कपिलद्वारा ज्ञानयोग प्रतिपादन भएको मानिन्छ । यसै योगको अर्को नाम हो सांख्य योग । यस योगअनुसार सारा श्रृष्टि २५ तत्व मिलेर बनेका छन् । जस्तै पंचतत्व, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच तन्मात्रा । अन्तिम पाँच तत्व हुन्– मन, बुद्धि, अहंकार, प्रकृति र पुरुष । यी सबै तत्वमध्ये पुरुषतत्व मात्र चेतनशील छ अरू चोबीसै तत्व अचेत, जड हुन् । अतः जुनबेला ज्ञानको माध्यमबाट चेतन पुरुष र जड तत्व छुट्टिन्छ साधकलाई त्यही बेला मुक्ति बोध हुन्छ ।

उदाहरण स्वरूप राजा जनकको मुक्तिबोधको प्रसंगलाई लिन सकिन्छ । सबै खालका साधना, उपासना गर्दै राजा बुढा भैसकेको थिए तर मुक्त भएनन् । अष्टावक्र संगको संवाद वा ज्ञान योगबाट उनी तत्काल मुक्त भए । किनभने उनले म शरीर, मन, बुद्धि, आदि केही हैन, म मात्र चेतना हुँ भन्ने थाहा पाए । अतः ज्ञान योग भनेको कुरो बुझ्नासाथ जीवन रूपान्तर हुने विधिको नाम हो । अर्को उदाहरण– संसाँझ डोरीलाई सर्प देखिन सक्छ परिणामस्वरूप अचाक्ली डर लाग्न सक्छ । तर प्रकाशमा त्यही भयंकरक ‘सर्प’ डोरीको रूपमा देखिनासाथ सबै भय तत्काल समाप्त हुन्छ । यस्तै जीवनका सबै डर–त्रास, दुःख–कष्ट ज्ञानको अभावमा सिर्जना भइरहेका छन् । र, ज्ञानको उदय हुनासाथ तत्काल जीवनले काँचुली फेर्न थाल्छ । अर्को शब्दमा भन्नु पर्दा– सोचमा तुरुन्तै परिवर्तन ल्याई सबै दुःखबाट मुक्त हुनका लागि सबभन्दा उपयुक्त योग नै ज्ञान–योग हो । यस योगको माध्यम हो– बुद्दि–विवेकको उचित प्रयोग । (स्मरण रहोस्–
हठयोग र कुण्डलिनी योगको मूल माध्यम शरीर हो भने भक्ति योगको भाव हो ।)
गुरुदेवले यस योगलाई सूत्रबद्ध पारेर सहज बनाउनु भएको छ । जस्तैः सारा समस्याबाट तत्काल बाहिर आउनको लागि P.R.O.B.L.E.M. सूत्रको प्रयोग ।
सुखी जीवनको लागि H.A.P.P.Y. सूत्रको प्रयोग । सबैखाले डरबाट तत्काल बाहिर आउनको लागि A.W.A.R.E. सूत्रको प्रयोग आदि ।
सफलताको लागि S.U.C.C.E.S.S सूत्रको प्रयोग आदि ।

भन्नु परेन–यो योगबाट कम्तीमा पनि सकारात्मक सोचको विकास हुन थाल्छ । सकारात्मक सोच नै जीवनका अधिकांश समस्याको समाधान हो । र, जीवन मुक्तिको पूर्वाधार पनि हो ।
यी हुन् अनुसन्धानले सिद्ध गरे अनुसार सकारात्मक सोचका फाइदाहरू–


सिक्ने क्षमतामा बृद्धि

सकारात्मक सोच राख्नेहरू अरूभन्दा हरेक कुरा निकै छिटो–छरितो सिक्न सक्छन् ।

परीक्षामा सफलता

  • सकारात्मक सोच राख्नेहरूमा हरेक खालका परीक्षामा पास हुने सम्भावना बढी देखिएको छ । छिटै जागिर पाउँछन्
  • सकारात्मक सोच राख्नेहरूले अरूले भन्दा छिट्टै काम पाउने गरेको पाइएको छ ।

पारिवारिक सुख

सकारात्मक सोच राख्नेहरूका परिवार तुलनात्मकरुपमा निकै शान्त–सुखी पाइएको छ ।

दाम्पत्य जीवन

सकारात्मक सोच राख्नेहरूको दाम्पत्य जीवनमा झै–झगडा, मनमुटाव एवं सम्बन्ध विच्छेद निकै कम भेटिन्छ ।

व्यक्तिगत खुसी

सकारात्मक सोच राख्नेहरू तुलनात्मकरूपमा अरूभन्दा निकै बढी खुसी पाइएको छ ।

डिप्रेसन एवं डर–त्रास

सकारात्मक सोच राख्नेहरूलाई डिप्रेसन एवं अन्य मानसिक समस्या लगभग नभएको पाइएको छ ।

सफलता

सकारात्मक सोच राख्नेहरूले आ–आफ्नो क्षेत्रमा अरूभन्दा निकै छिटो सफलता हासिल गरेको समेत देखिन आएको छ ।

स्वास्थ्य

सकारात्मक सोच राख्नेहरू अरूभन्दा कम बिरामी पर्छन् र कथंकदाचित रोग लागिहाले पनि अरूभन्दा छिटो निको भएको पाइएको छ ।

दीर्घायु

सकारात्मक सोच राख्नेहरूको स्वास्थ्य अरूको भन्दा राम्रो हुनुका साथै अरूको भन्दा आयुसमेत लामो भएको पाइएको छ ।

तनाव

सकारात्मक सोच राख्नेहरूलाई समान्यतया तनाव नै नहुने देखिएको छ । र, तनाव भैहाले पनि उनीहरू तुरुन्त त्यसबाट बाहिर निस्कन सक्छन् ।