मोटिभेशनल ट्रेनिङ्ग
हरेक मान्छे जीवनमा सफल हुन सक्छ तर उसलाई आफू के विषयमा कसरी सफल हुन्छु भन्ने कुराको ज्ञान भने हुँदैन ।

मोटिभेशनल ट्रेनिङ्ग ( Motivational Training)

हरेक मान्छे जीवनमा सफल हुन सक्छ तर उसलाई आफू के विषयमा कसरी सफल हुन्छु भन्ने कुराको ज्ञान भने हुँदैन । यही उसको मूल समस्या हो । भन्नु परेन– हरेक मान्छेसंग अपार क्षमताको संभावना हुन्छ । तर आफ्नो क्षमताको विकास के विषयबाट हुन्छ वा कसरी हुन्छ यो कुरा प्रायः लाई थाहा हुँदैन । यही कुरालाई विधिवत थाहा दिन उसलाई मोटिभेशनल ट्रेनिङ्गको आवश्यकता हुन्छ । त्यस्तै हरेक मान्छेसँग जन्मजात कुनै न कुनै इन्टेलिजेन्स हुन्छ तर उसलाई यो कुरा थाहा हुँदैन । र त जिन्दगीभर ऊ एउटा विषयबाट अर्को विषयमा भौतारिंदै रहन्छ तर कुनै ठोस उपलब्धि हाँसिल हुँदैन । यस्तो अवस्थामा पनि उसलाई मोटिभेशनल टे«ेनिङ्गको आवश्यकता हुन्छ । यसलाई प्रष्ट्याउन एउटा उदाहरण लिन सकिन्छ । जस्तैः आँखाले सबै रंग एवं रूप देख्न सक्छ तर यसले आफैंलाई भने देख्न सक्दैन, आफूलाई हेर्न यसलाई ऐनाको आवश्यकता पर्दछ । अतः मोटिभेशनल टे«निङ्गले पनि यही ऐनाको काम गर्ने हो ।

मोटिभेशनल ट्रेनिङ्ग तुलनात्मक रूपमा नयाँ विषय हो । यस्ता टे«निङ्गका थुप्रै ब्राण्डहरू छन्ः जस्तैः डा. माक्सवेल माल्ज (Dr. Maxwell Maltz) ले विकास गरेको साइको साइबरनेटिक्स, जोजे सिल्भा (Jose Silva) ले विकास गरेको सिल्भा माइण्ड केन्ट्रोल मेथड, रिचार्ड बाण्डलर र उनको साथी मिलेर बनाएको न्यूरो लिग्विष्टिक प्रोग्रामिङ्ग (एन.एल.पी.) नेपालमा परिमार्जित भएको सफलता शास्त्र आदि यसका केही उदाहरण हुन् ।
विलियम जेम्स (मनोवेत्ता) ले एक शताब्दीअघि भनेका थिए– हामीले कुल मस्तिष्कको क्षमताको ५ प्रतिशत मात्रै प्रयोग गर्छौ । यसै कुरालाई अमेरिकी विश्वविद्यालय स्ट्याण्ड फोर्डले थप पुष्टी गर्दै भनेको छ– सामान्य मानिसले आफ्नो मस्तिष्कको क्षमताको मात्रै १ देखि ३ प्रतिशत प्रयोगमा ल्याइरहेका छन् । यसको मतलब हुन्छ, हामीले हाम्रो मस्तिष्कको पुराभन्दा पुरा क्षमता प्रयोगमा ल्याउन सकिरहेका छैनौं । यिनै प्रयोगमा नआएको क्षमतालाई क्रमशः प्रयोग गरी जीवनमा आफूले चाहेका कुनै पनि क्षेत्रमा सफलता हात पार्ने मनोवैज्ञानिक विधि नै मोटिभेशनल ट्रेनिङ्ग अथवा सफलता शास्त्र हो ।

माइण्ड टेक्नोलोजीको प्रयोग–परीक्षण र विकास क्रम खोतल्दा धर्म–शास्त्र नजिक पुग्न सकिन्छ । किनभने धर्मशास्त्रमा व्याख्या भएका विभिन्न सिद्धि साधनाका कुराहरू प्रकारान्तरमा माइण्ड टेक्नोलोजी पद्धती नै हो भन्न सकिने देखिन्छ । र, समयसँगै यसै विधालाई प्रयोग गरी विभिन्न व्यक्तिहरूले सफलताको शिखर चुम्दै आएका छन् । केही उदाहरणहरू लिनु पर्दाः अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनले राष्ट्रपति हुनुअघि यस विधाको पनि प्रयोग गरेका थिए । नेपालका पूर्व प्रधान सेनापति प्रज्वल्ल शमसेर राणाले पनि आफ्नो लक्ष्य हाँसिल गर्न यो हतियार पनि अपनाएको कुरा २०५८ असोज ४ गतेका स्पेश टाइम दैनिकले छापेको थियो । त्यस्तै हलिउडका सफल कलाकारद्वय जिम क्यारी र आरनोल्ड स्वार्जनेगरले पनि आफ्नो सफलताको मूल श्रेय यही माइण्ड टेक्नोलोजी मान्दै आएका छन् । र, पछिल्लो समयसम्म आइपुग्दा नेपालमै पनि हजारौं मानिसहरूले यसको लाभ उठाउँदै विभिन्न विधाहरू जस्तैः लोकसेवा आयोग, गिनिज बल्र्ड रेकर्ड, आर्थिक स्वतन्त्रता आदिमा सफलता प्राप्त गर्दै आएको अभिलेख मनोक्रान्ति अभियानसँग छ । मूलतः अवचेतन मनको मनोविज्ञानमा आधारित यो पद्धति सिक्न २४ घण्टाको समय मात्रै लाग्छ जसबाट निम्न फाइदा लिन सकिन्छ ।
– सिर्जनशिलताको विकास गर्न ।
– अन्तर्बोध जगाउन ।
– असिमीत ऊर्जा महशुस गर्न ।
– सकारात्मक प्रवृत्तिको विकास गर्न ।
– खुसी आनन्दित र उत्साहित भै रहन ।
– लक्ष्य प्राप्त गर्ने छिटो विधि सिक्न ।
– आत्म विश्वास र अदम्य शाहसको विकास गर्न ।
– नकारात्मक सोंच, कुलत, अल्छ्याईंबाट मुक्त हुन ।
– आर्थिक एवं व्यवसायिक सफलता हाँसिल गर्न ।



Head Office

Ranibari Marg,
Kathmandu 44611


Phone

+ 01-4362617


Email

info@manokranticentre.org