Public Speaking
भाषणका मुख्य तीन ओटा उद्देश्यहरू हुन्छन् कुनै पनि कुराको जानकारी दिलाउनु, कामप्रति उत्प्रेरित गर्नु र मनोरञ्जन दिलाउनु ।

Public Speaking (भाषण)

कुनै पनि सभा, आम सभा, जमघट, गोष्ठि आदिमा एउटा निश्चित उद्देश्य लिएर कुनै विषयमा वक्ताद्वारा धाराप्रवाह दिइने वक्तव्य व्याख्यानलाई भाषण भन्न सकिन्छ । पुनः प्रष्ट्याउनु पर्दा– कुनै पनि अवस्थामा उपस्थित दर्शकलाई वक्ताले निश्चित उद्देश्यमा रही धाराप्रवाह आफ्नो कुराहरू राख्ने प्रकृया नै भाषण हो । भाषण–कला पनि अन्य कलाजस्तै एउटा कला हो जसबाट वक्ताले आफ्नो अभिष्ट, लक्ष्य पुरा गर्न सक्छ । भाषणका मुख्य तीन ओटा उद्देश्यहरू हुन्छन् कुनै पनि कुराको जानकारी दिलाउनु, कामप्रति उत्प्रेरित गर्नु र मनोरञ्जन दिलाउनु । यो एउटा संगठित, पद्धतिबद्ध उद्देश्यसहितको प्रस्तुति हो जो आजकल सबै क्षेत्रमा अपरिहार्य देखिएको छ ।

एक्काइसौं शताब्दी तीब्र प्रतिस्पर्धाको युग हो । यस युगमा अगाडि बढ्न सशक्त कम्युनिकेशनको ठूलो भूमिका हुन्छ । भाषण–कला एक सञ्चार कला नै हो । अतः भाषण–कलामा पोख्त हुन सकेमा आफ्नो सफलता निक्कै नजिक हुन सक्नेमा कुनै शंका नहोला । अर्को भाषामा भन्नु पर्दा सफलताको लागि मानिसकहरूबीच प्रभावकारी संचार–कलाको ठूलो भूमिका रहन्छ । आम कहावत छ, बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन, यसको तात्पर्य हुन्छ, जसले निर्धक्कका साथ अरूका अगाडि आफ्ना कुरा राख्न सक्छ ऊ नै अरूभन्दा अगाडि हुन्छ । तर संसारमा करिव ७४ प्रतिशतभन्दा बढी मानिस आफ्ना कुरा अरूसामु राख्न डराउँछन्, हिचकिचाउँछन् वा राख्नै सक्दैनन् । यस्तो अवस्थालाई अंग्रेजीमा न्यिककयउजयदष्ब भनिन्छ वा क्उभभअज बलहष्भतथ भनिन्छ । न्यिककयउजयदष्ब ग्रीक भाषाको न्यिककय र उजयदयक बाट आएको हो, जसको अर्थ क्रमशः बोली र डर हुन्छ । यसको सीधा अर्थ हुन्छ समुहमा बोल्न डराउनु ।
यसका विभिन्न कारणहरू हुन्छन् तर कारणहरू जे सुकै भए पनि यसको निवारण भने एगदष्अि क्उभबपष्लन ध्यचपकजयउ नै देखिन्छ किनभने यसमा विभिन्न मनोवैज्ञानिक, आध्यात्मिक, व्यवहारिक तरिकाबाट
डरलाई जरैदेखि निकाल्ने तरिकाहरू सिकाइन्छ । यस सेमिनारका विशेषताहरूः

१) भीड/मानिसका अगाडि अभ्यास गराइन्छ ।

२) ब्गमष्य–ख्ष्कगब िपद्धतिबाट प्रशिक्षित गराइन्छ ।

३) संसारका अति प्रभावशाली व्यक्तिहरूको भाषणकला विश्लेषणसहित बुझाइन्छ ।

४) दैनिक राम्रा नराम्रा पक्षसहित भाषण विश्लेषण गराइन्छ ।

५) अत्यन्त प्रभावशाली पद्धतिबाट डर हटाउन लगाइन्छ ।

फाइदाहरूः

– समूहमा नडराई बोल्न सकिने ।

– माइक समाउँदै डरलाग्ने समस्याबाट मुक्त हुने ।

– ढुक्कसाथ भाषण–कला सिक्ने ।

– बोलेरै सबैको मन जित्ने ।

– नहेरी घण्टौं धाराप्रवाह बोल्न सकिने ।



Head Office

Ranibari Marg,
Kathmandu 44611


Phone

+ 01-4362617


Email

info@manokranticentre.org